काठमाडौं: नेपालमा थप दुई जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। उदयपुरकी एक जना ५५ वर्षिया महिलामा कोभिड-१९ को संक्रमण देखिएको छ। त्यस्तै जनकपुरका १४ वर्षिय पुरुष कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। यसअघि उदयपुरमा २७ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै उदयपुरमा मात्र २८ पुगेको छ भने देशभर ४७ पुगेको छ। यसबीच संक्रमित मध्ये ९ जना उपचार पछि फर्किएका छन्।








