एजेन्सी । जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गए राति कतारमा भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १-० ले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।
अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले निर्णायक गोल गरे । पाभर्डले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । यससंगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएका छन् ।








