• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

रैथाने जातको बीउ खोज्दै कृषक

  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डडेल्धुरा । बजारको सहज उपलब्धता, परिश्रमअनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि पहाडी जिल्ला डडेल्धुराका अगुवा कृषक लोप हुन थालेका रैथाने जातका बीउबिजन खोज्न थालेका छन् ।

    पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेको देखिएपछि कृषकले आकर्षित हुँदै रैथाने जातको बीउबिजन खोज्न थालेका हुन् । चैत महिनासम्म पनि भित्र्याउन मिल्ने ‘चोतो’ आर्थात् रैथाने जातको मूला बजारमा भेटिँदैन । एउटा घरमा पाकेपछि टोलभरि नै वासना आउने अर्को रैथाने जातको काउली बजार नआएको डेढ दशक भइसकेको छ । परम्परागत जातका कागती र सुन्तला पनि हराइसकेका छन् । रैथाने जातको अदुवा र लसुन पनि पछिल्लो समय बजारमा पातलिएको छ ।

    अमरगढी–१का कृषक रामबहादुर ऐर पछिल्लो समय परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भइरहेको बताउँछन्। पहाडमा उत्पादित वस्तुको उसै पनि राम्रो बजार रहेको बताउँदै ऐरले भने, “पहाडकै रैथाने जातको उत्पादनले झन् राम्रो मूल्य पाउन थालेपछि हाइब्रिड र उन्नत जातका बीउबिजन प्रयोग गरी व्यावसायिक खेती गर्ने कृषक पनि रैथाने जातका बीउबिजन खोज्न थालेका छन् ।

    ” तराईमा उत्पादन हुने र पछिल्लो समय बङ्गलादेशबाट आयात गरिएको मासभन्दा पहाडी क्षेत्रमा उत्पादन भएको मासले दोब्बर मूल्य पाउने गरेको किसानहरूको भनाइ छ । डडेल्धुरा अजयमेरु गाउँपालिका–५ का अगुवा कृषक तेजबहादुर खड्काले भने, “मास मात्र होइन, रैथाने जातको भटमास, गहत, राजमा, बोडी र सिमीलगायतका वस्तुको माग पनि त्यत्तिकै बढ्न थालेपछि कृषक यी कृषि उपजको उत्पादनमा लागेका छन् ।”

    डडेल्धुरामा उत्पादन भएको राजमा, गहत र मास सिधै राजधानी काठमाडौँ पुग्न थालेको जनाइएको छ । त्योभन्दा परम्परागत जातका बीउबिजनबाट उत्पादित वस्तुको सानो बजार भए पनि मुनाफा राम्रो हुने गरेकाले लोप हुन थालेका परम्परागत बीउबिजन पुनः प्रयोग हुन थालेको हो । कृषक खड्काले थपे, “हाइब्रिड र सरकारले तोकेको उन्नत जातका बीउबाट धेरै उत्पादन हुने भए पनि बजारमा तीव्र प्रतिस्पर्धा, बिचौलियामार्फत बिक्री वितरण गर्नुपर्ने बाध्यता र उचित मूल्य पनि पाउन मुस्किल हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् ।”

    सीमावर्ती क्षेत्रमा नेपाली बजारलाई लक्षित गरी भारतीय कृषकले उत्पादन गरेको हाइब्रिड जातका उत्पादनसँग पहाडी क्षेत्रका कृषकले प्रतिस्पर्धा गर्न निकै कठिन हुन थालेको कृषकहरूको अनुभव छ । स्थानीय कृषक धनीराम जोशीले भने, “सीमापारि भारतीय क्षेत्रमा उत्पादित भई भित्रिने कृषि उपजसँग प्रतिस्पर्धा गर्न भने स्थानीय किसानलाई समस्या भइरहेको छ ।”

    परम्परागत बीउबिजनको प्रयोगबाट हुने उत्पादनको बजार पहाडी जिल्लामा प्रशस्त रहेको कृषक जोशीले बताउनुभयो । सरकारले पनि रैथाने बीउबिजनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेर कृषि नीति तय गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्ट बताउँछन् । रैथाने जातका बीउबिजनको प्रयोग जैविक विविधताको संरक्षणसँग समेत जोडिएको विषय भएको उनको भनाइ छ ।

    “विसं २०६१ मा बनेको कृषि नीतिमा पनि रैथाने र परम्परागत जातका बीउबिजन संरक्षण तथा व्यावहारिक प्रयोगमा ल्याउन सकिने खाले कार्यक्रम तय गर्ने उल्लेख गरिएको छ”, उनले भने । पहाडी क्षेत्रमा अहिले पनि परम्परागत र रैथाने बीउबिजनको प्रयोग भइरहेकाले यसको संरक्षणमा कठिनाइ नरहेको कृषि प्राविधिकको भनाइ छ ।

    सदरमुकाम आसपासका कृषकहरूले ठूलो मात्रामा व्यावसायिक खेती गरिरहेका कारण हाइब्रिड र उन्नत जात प्रयोग गरे पनि कतिपय ग्रामीण क्षेत्रमा भने रैथाने बीउको प्रयोग बढ्न थालेको छ । रैथाने जातका बीउको प्रयोग र संरक्षणको प्रयासमा अन्य जिल्लाका किसान लागेको स्थानीय किसानको भनाइ छ ।

    हाइब्रिड जातका कृषि उपजभन्दा रैथाने जातका कृषि उपज खानमा बढी स्वादिलो हुने गरेको कृषकको भनाइ छ । रैथाने जातको आलु, मुलालगायतको खेती गर्दा पनि रोग किराको समस्या त्यति नदेखिने बताइन्छ ।रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.