काठमाडौं । भोजपुरमा थप अर्का एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेर अघि २६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको जनाएको हो । विराटनगरस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विराटनगरमा परीक्षण गर्दा भोजपुरका २६ वर्षिय पुरुषमा कोरोना भाइसर पुष्टि भयो। यो सँगै संक्रमितको संख्या ४८ पुगेको छ। उपचार पछि घर फर्किने १० जना पुगेका छन्।








