सांकेतिक तस्विर
धनगढी । दार्चुलाको अपी हिमाल गाउँपालिकामा पर्खाल भत्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मार्मा गाउँपालिका वडा नम्बर १ पाकुका ४५ बर्षीय बल्देव महरा र अपी हिमाल गाउँपालिका वडा नम्बर ६ मज्जेकी ४० बर्षीया गोमती धामी रहेका छन् ।
मज्जेमा मज्जे खोला लघु जलविद्युत आयोजनाको निर्माणाधिन पर्खाल भत्किदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लटिनाथको टोली घटनास्थल पुगेर थप अनुसन्धान थालेको छ ।








