चितवन । देशका मध्य र पूर्वी भूभागमा शुक्रबारबो मौसममा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य र पूर्वी भूभागका धेरै स्थानहरुमा र पश्चिमी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशभर शुक्रबार राति पनि आंशिक देखि सामान्य बदली रही पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमि भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।








