एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाभियोग माथिल्लो सदनबाट पारित हुन असफल भएको छ । महाभियोग पारित गर्न आवश्यक दुई तिहाइ समर्थन नजुटेपछि प्रस्ताव पारित नभएको हो ।
हालै माथिल्लो सदनमा भएको मतदानमा महाभियोगको पक्षमा ५७ र विपक्षमा ४३ मत खसेको थियो। जबकी उक्त महाभियोग पारित हुनको लागि ६७ मत चाहिन्छ । ६ जनवरीमा अमेरिकी संसद् भवनमा भएको हमलालाई ट्रम्पले उक्साएको भन्दै उनीमाथि महाभियोग लगाइएको थियो। अभियोगमुक्त भएपछि महाभियोग सुनुवाइको आलोचना गर्दै ट्रम्पले इतिहासकै सबैभन्दा नराम्रो कारबाही बताएका छन् ।
दोषी ठहर भएको भए सिनेटले उनलाई राष्ट्रपति पदको लागि पुन: चुनावमा उठ्ने बाटो बन्द गरिदिनका लागि मतदान गर्न सक्थ्यो। अब ट्रम्पले आगामी चुनावमा उम्मेदवारी दिनसक्ने र पूर्व राष्ट्रपतिले पाउने सुविधा पाउनेछन् ।








