काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०४ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ । पछिल्लो २४ घण्टामा १३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ६० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५४ पुगेको छ ।
आज कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको छ ।








