फाइल फोटो
धनगढी । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गौरीगंगा नगरपालिका-५ अन्डैयाकी २५ वर्षिया कला धामी रहेकी छिन् ।
जंगलमा घाँस काट्न गएको बेला महिलालाई बाघले आक्रमण गरेर लगेको थियो । बाघले लगेको ठाउँभन्दा केही पर उनको शव फेला परेको जिल्ला जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।








