काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा १४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हालसम्म २ लाख ६९ हजार २०४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५ पुगेको छ । आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।








