काठमाडौँ । नायक पल शाह र नायिका स्वस्तिमा खड्का फिचर्ड ‘ज्यानमारा मुस्कान बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गायक शनि बिश्वकर्मा र गायिका समीक्षा अधिकारीको रहेको छ।
गीतमा दुर्लभ केसीको शब्द रहेको छ भने आशिष अविरलको संगीत र संगीत संयोजन रहेको छ। सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ। भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो।








