काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारले यही वैशाख ८ गते राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । उक्त अध्यादेशको चौतर्फी विरोध भएपछि सरकारले फिर्ता लिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ ।








