हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका बाग्मती प्रदेश सभाका सांसदहरूले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् ।
प्रदेशसभाको बैठक स्थगित गरेर सभामुख श्रेष्ठ सम्पर्कविहीन भएको भन्दै प्रचण्ड-नेपाल पक्षले उपसभामुख राधिका तामाङमार्फत ज्ञापनपत्र बुझाएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा संसद् बैठक सूचना टाँसेर स्थगित गरिएपछि प्रचण्ड-नेपाल पक्षका सांसदहरूले ज्ञापन पत्र बुझाएका हुन् ।
सांसद अष्टलक्ष्मी शाक्यको हस्ताक्षर रहेको पत्रमा बैठक स्थगित गर्ने गरी बुधवार जारी सूचना सच्याइ प्रदेश सभाको बैठक बोलाएर अविश्वासको प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउँदा माग गरिएको छ ।








