• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

पक्राउ गरिएका किशोर नै अभियुक्त भन्ने विश्वास नलागेसम्म शव बुझ्दैनौं : भागरथीको परिवार

  •   बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बैतडी । भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले बुधबार एक किशोरलाई सार्वजनिक गरेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या उनकै आफन्त पर्ने छिमेकी दिनेश भट्टबाट भएको प्रहरीले जनाएको छ ।

    भागरथीको परिवारले भने दिनेश नै अभियुक्त हुन् कि होइनन् भन्नेमा शंका गरेको छ । दूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार दिनेशले बलात्कार गरी हत्या गरेको स्विकारेका छन् । दिनेश भागरथी पढ्ने सनातन धर्म माविमै कक्षा ११ का छात्र हुन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय बैतडीमा भएको पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले अनुसन्धानका क्रममा अभियुक्तको सुरुबाटै शंकास्पद व्यवहार, प्राविधिक रूपमा फेला परेका प्रमाण र प्रारम्भिक बयानका आधारमा निगरानीमा लिएको जानकारी गराए ।

    प्रहरीले दिएको घटना विवरणअनुसार माघ २२ गते भागरथी घरबाट करिब १ घण्टा हिँडेर बिहान १० बजे विद्यालय पुगेकी थिइन् । त्यहाँबाट फर्केर दिउँसो २ बजे नजिकैको खोचलेक बजार गइन् । उनका साथमा दुई सहपाठी पनि थिए । उनका साथी र अरू विद्यार्थी बजारमा कोही कपाल काट्न लागे, कोही किनमेल त कोही नास्ता गर्नतिर लागे । भागरथी भने घरतिर जाने खोचलेक–चडेपानी सडकतिर अगाडि बढिन् । खोचलेक बजारबाट उनको घर पुग्न १ घण्टाजति हिँड्नुपर्छ । बजारको पल्लो छेउको पसलमा उनले चाउचाउ किनिन् र खाँदै एक्लै घरतिर लागिन् । भागरथीलाई एकान्तमा भेट्न एक पिरियड पढाइ छाडेर १ः४५ मा सुटुक्क निक्लेका थिए, दिनेश ।

    विद्यालयबाट केही साथीसँगै खोचलेक बजारसम्म आएका उनी भागरथीले झैं साथीहरूलाई बजारमै छोडी ‘काम छ’ भन्दै घरतिर लागेका थिए । बीच बाटोमा उनी भागरथीलाई उछिनेर अघि बढे । अलि पर लबलेकको जंगलमा पुगेपछि बाटो ढुकेर बसे । त्यहाँ नपुग्दै बलात्कारपछि हत्या गर्ने योजना बनाइसकेको बयान उनले प्रहरीसामु दिएका छन् । भागरथीलाई देख्नेबित्तिकै सडकको डिलमा पारेर दिनेशले आक्रमण गरे । उनी सडकबाट ३० मिटर तल खस्न पुगिन् । योजनाअनुसारै बलात्कार र हत्या गरेर दिनेश त्यहाँबाट निस्किएको प्रहरीको बुझाइ छ ।

    डीआईजी सुवेदीका अनुसार २ः४७ बजे भागरथीको मोबाइल अफ भएको थियो । ‘यसको अर्थ त्यो बीचको समयमा घटना भएको थियो,’ उनले भने, ‘भागरथीलाई यो सबबारे केही थाहा थिएन । एकै गाउँको भएकाले शंका पनि थिएन तर केटाको पूरा तयारी थियो ।’ उनका अनुसार भागरथीले प्रतिकारका लागि प्रयास गरे पनि विवाद नहुँदै सबै कुकृत्य भइसकेको देखिन्छ ।

    ‘पहिले सडकबाट लडाएर वनमाराको झाडीमा फालेको अनि बलात्कार गरी दुवै हातले घाँटी थिचेर हत्या गरेको बयान अभियुक्तले दिएको छ,’ सुवेदीले भने, ‘भागरथीको मोबाइलको ब्याट्री निकालेर उनको शव नजिकै फालेको पनि अभियुक्तले स्विकारेका छन् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.