फाईल फोटो
हेटौंडा । शुक्रबार दिउँसो परेको पानीसगै गएको पहिरोको कारण अबरुद्ध बनेको कान्ति लोकपथ खुलेको छ। कान्ति लोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका ८ गगटे,कालोपहिरो भन्ने ठाउँमा शुक्रबार दिउँसो पहिरो जाँदा बाटो अबरुद्ध भएको लोकपथ शुक्रबार रातिनै खुलाइएको छ।लेदो माटोसँग गएको पहिरोलाई जेसिबिको सहयोगमा हटाइएपछि लोकपथ शुक्रबार रातिबाटै सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन्। लोकपथ सुचारु भएसँगै अत्यावश्यक र पास भएका सवारीलाई काठमाडौं र हेटौंडा आउन सहज भएको छ।








