भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना महामारीका कारण देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले शनिबार भक्तपुर अस्पतालको अनुगमन पश्चात अस्पतालले आयोजना गरेको कार्यक्रममा सम्बोधनको क्रममा भन्नुभयो ‘नराम्रा कुराले पनि कहिलेकाहिँ राम्रो कुरा ल्याउँदो रहेछ, अहिले स्वास्थ्य क्षेत्रमा आएको परिवर्तन महामारीकै कारण आएको बताउनुभयो।
उहाँले आफु पहिलो पटक भक्तपुर अस्पतालको निरीक्षणमा आएको र महामारीले गर्दा स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने मौका समेत पाएको बताउनुभयो । बागमती प्रदेश सरकारले अझ धेरै राम्रा कार्यहरु गर्न बाकीं रहेको र विकास एक पटक मात्रै गरेर नपुग्ने समेत उल्लेख गर्नुभयो । प्रदेश सरकार अहिले स्वास्थ्य क्षेत्रमा ब्यापक परिर्वतन गर्ने अभियानमा छ ।
‘स्थानीय तहको भुमिका पनि महत्वपूर्ण हुने भएकाले सबैको मेहनतबाट मात्रै हामीले सफलता प्राप्त गर्न सक्छौ’, उहाँले भन्नुभयो।








