सांकेतिक तस्विर
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका -१ स्थित बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ रहेका छन् ।
राति सामान्य रुपमा सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले बोलाउन जाँदा मृत भेटिएका थिए । उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ।’








