• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

नेपालमा इटली, अमेरिकामा जस्तो कोरोना भाइरस तीव्र गतिमा फैलिने सम्भावना नरहेको डा. पुन दाबी

  •   आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कैलालीमा भारतबाट आएका एक पुरुषले घरमै रहेका परिवारका एक सदस्यलाई संक्रमण सारेपछि कोरोना भाइरस महामारीको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको नेपाल उदयपुरको एकै ठाउँ (भुल्के)मा २८ जना जमाती (मुस्लिम धर्मगुरु) मा कोरोना संक्रमण पुष्टि भएपछि त्रासको मात्रा ह्वात्तै बढेको छ। विज्ञका अनुसार बाहिरबाट आएका व्यक्तिले स्थानीय व्यक्तिमा संक्रमण सार्नुलाई लोकल ट्रान्समिसन भनिन्छ र यसलाई दोस्रो चरण मानिन्छ भने संक्रमण जब समुदायस्तरमा फैलिन्छ तब त्यसलाई कम्युनिटी ट्रान्समिसन भनिन्छ र यसलाई तेस्रो चरण मानिन्छ।

    जब उदयपुरको भुल्केमा एकै समूहमा २८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो तब नेपाल कोरोना महामारीको तेस्रो चरणमा प्रवेश गरेको हो कि भन्ने बहस सुरु भएको छ। र, सरकारले देशभरिका साथै उदयपुर रहेको प्रदेश २ भरि नै उच्च सतर्कता अपनाएको छ। तर इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे यसलाई तेस्रो चरण भन्न नमिल्ने बताउँछन्। उनका अनुसार यो ‘क्लस्टर’मा देखिएको संक्रमण हो, यसलाई तेस्रो चरण भन्न मिल्दैन।

    उनले भने, ‘यसलाई समुदायस्तरमा फैलिएको भन्न मिल्दैन, यो एउटा समूहमा फैलिएको हो। विश्व स्वास्थ्य संगठनले पछिल्लोपटक सार्वजनिक गरेको मापदण्डअनुसार यो क्लस्टरमा देखिएको संक्रमण हो।’

    तैपनि एकै ठाउँमा यति धेरै (२८) मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि अब नेपालमा भयावह अवस्था आउने हो कि भन्ने चिन्ता ह्वात्तै बढेको छ। तर अझै पनि आत्तिनुपर्ने अवस्था नरहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको दाबी छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. पुन भन्छन्, ‘अब उदयपुरमा देखिएको संक्रमण तेस्रो चरणको हो कि होइन, त्यो त अध्ययन नगरी भन्न सकिँदैन र जसमा म आफू संलग्न छैन, तर म अझै के कुरामा दृढ छु भने नेपालमा इटली र अमेरिकामा जस्तो कोरोना फैलिँदैन, आत्तिनु पर्दैन।’

    अरूले भन्दा १८० डिग्री फरकमा यस्तो सकारात्मक कुरा गर्दा आफूले तालीभन्दा बढी गाली पाएको उनी बताउँछन्। उनी भन्छन्, ‘मान्छे यतिबेला भयावह हुन्छ भन्ने कुरा मात्र पत्याउने अवस्थामा छन्। त्यसकारण मैले जहिले सकारात्मक र आशाको कुरा गर्ने गरेको छु। त्यो पत्याउन मानिसलाई मुस्किल परिरहेको छ।’

    उनको तर्क छ, ‘हामी नेपाली हातले खाना खाने भएकाले खानुअघि र पछि अनिवार्य हात धुने गर्छाैं। तर विदेशी खाना खान चम्चा र काँटा वा चोपिस्टिक आदि प्रयोग गर्छन्। त्यस्तै धेरैजसो विदेशी भाँडाकुँडा पनि मेसिनले माझ्छन् भने लुगा धुँदा वासिङ मेसिन प्रयोग गर्छन्। अनि शौचालयमा समेत बढी पानीभन्दा पेपर प्रयोग गर्छन्। तर हामी नेपाली भाँडा माझ्न लुगा धुन बढी हातकै प्रयोग गर्छौं र प्रशस्त मात्रामा साबुन-पानी खेलाउँछौं। यस्तै नेपालीले मासु राम्रोसँग पाक्ने गरी वा प्रेसर कुकरमा पकाउने भएकाले त्यसमा रहेका जीवाणुरकीटाणु बच्ने सम्भावना हुँदैन। तर विदेशी मासुलगायत परिकार अर्धपाकेको खान मन पराउँछन्। हाल कोरोनाबाट बच्ने मुख्य उपायमा राम्रोसँग साबुन-पानीले हात धुनु र मासु राम्ररी पकाएर खानु पर्छन्।’

    यस्ता परम्पराले कतै न कतै कोरोना संक्रमणको ‘चेन ब्रेक’ (साङ्लो चुँडाउने) काम गरेको छ भन्ने उनको विश्वास छ। नेपालमा इटली, अमेरिकामा जस्तो कोरोना भाइरस तीव्र गतिमा फैलिने सम्भावना नरहेको डा. पुन दाबी गर्छन्।

    ‘तर सँगसँगै म के कुरा छुटाउन चाहन्नँ भने त्यसो भनेर नेपालमा संक्रमण बढ्दै बढ्दैन भन्न खोजेको होइन। अझै केही संक्रमित देखिन सक्छन्। केहीको मृत्यु पनि नहोला भन्न सकिन्न। सकेसम्म त्यस्तो नहोस्। यसकारण अहिले सरकारले जुन लकडाउन गरेको छ। हामीले जुन नियम र सतर्कता पालना गरिरहेका छौं, त्यसलाई छाड्न हुन्न, अझ कडा पार्नुपर्छ,’ उनी भन्छन्, ‘तर आत्तिन, एकदम भयभीत हुन जरुरी छैन, इटली र अमेरिकामा जस्तो यहाँ कोरोना फैलिँदैन भन्नेमा म अझै दुढ छु।’ उनले अगाडि भने, ‘यो कुरा मैले तपाईंले नै पहिलोपटक भनें कि तपाईंलाई यादै होला एक-डेढ महिनाअघि भारतको बम्बईमा एसियाकै ठूलो मजदुर बस्ती छ, त्यहाँ केहीमा कोरोना संक्रमण देखिएको थियो। त्यतिबेला मानिसले भनेका थिए- अब त्यहाँ खत्तम हुने भो, धेरै मानिस मर्ने भए। त्यहाँ एकै ठाउँमा १५-२० जनासम्म बस्छन्, सुत्छन्, तर त्यहाँ युरोप, अमेरिकामा जस्तो संख्यामा संक्रमण फैलियो त? फैलिएको छ? छैन। यसकारण नेपालसहित दक्षिण एसियाको जुन जीवन शैली छ त्यसले यो कोरोना भाइरस संक्रमणलाई कहीं न कहीं चेन ब्रेक गरिरहेको छ।’

    अहिले उदयपुरमा २८ जना संक्रमित भेटियो भन्दैमा नेपालका सबै स्थानमा यस्तै स्थिति नआउने उनी दाबी गर्छन्। कुनै एक क्षेत्रमा त्यस्तो भयो भन्दैमा सबै क्षेत्रको अवस्था उस्तै नहुने उनको तर्क छ। ‘अमेरिकामै हेर्नुस्, न्युयोर्कमा जस्तै स्थिति अमेरिकाका सबै राज्यमा छ त,’ उनको प्रश्न छ।

    यसो भनेर आफूले अहिले देश तथा नागरिकले अपनाइरहेको सतर्कतामा लत्तो छाड्नुपर्छ भनेको कदापि होइन भन्छन् डा. पुन। बरु यसलाई अझ कडा पार्नुपर्ने उनको सुझाव छ।

    उनी भन्छन्, ‘बरु उदयपुरमा जुन संख्यामा संक्रमित देखिएका छन्। त्यसमा सरकारले भन्दा पनि त्यहाँका स्थानीय समुदाय आफैं बढी सतर्क हुन जरुरी छ। होसियारी अपनाउन जरुरी छ। भारतबाट जथाभावी मान्छे छिर्न दिनुभएन। सीमा नाकामा कडाइ गर्नुपर्छ। अनि परीक्षणकाे दायरा बढाउनुपर्छ।’

    नेपालमा अहिलेसम्म ४९ जनामा संक्रमण पुष्टि भएको छ भने तीमध्ये १६ जना निको भइसकेका छन्। अन्य परीक्षण जारी छ।  भर्खरै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीबाट उच्च जोखिममा झारिसकेको छ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.