• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन भेटेरान कप : सेमिफाइनल समिकरण पुरा

  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुरमा जारी दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण चितवन भेटेरान कप फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । आज (बिहीबार) सम्पन्न खेलमा जित हात पार्दै कालभैरव भेटेरान हेटौंडा, कैलाली भेटेरान, बुटवल उपमहानगरपालिका भेटेरान र चावहिल भेटेरान काठमाडौं सेमिफाइनलमा प्रवेश गरेका छन् ।

    प्रतियोगिता अन्तर्गत आजको पहिलो क्वाटरफाइनल खेलमा काल भैरहवा हेटौंडाले चितवन भेटेरान निलोलाई २-१ ले पराजित गर्‍यो । खेलमा अग्रता भने चितवन निलोले लिएको थियो । खेलको सातौं मिनेटमा रमेश थापाले गोल गर्दै चितवनलाई अग्रता दिलाए । ११ औं मिनेटमा हेटौंडा खेलमा फर्कियो । १९ औं मिनेटमा सुन्दर गोल गर्दै हेटौंडाले २-१ को अग्रता लियो । बाँकी समयमा थप गोल हुन सकेन र हेटौंडा बिजयी भयो । फाइनल प्रवेशका लागि हेटौंडाले शुक्रबार चावहिल काठमाडौंको सामना गर्नेछ ।

    चावहिलले आजको अन्तिम खेलमा देहरादुन भेटेरान भारतलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । खेलमा अग्रता भने देहरादुनले लिएको थियो । १५ औं मिनेटमा प्राप्त फ्री किकलाई गोलमा परिणत गराउदै देहरादुनले अग्रता बनाएको थियो । २१ औं मिनेटमा निमा लामाले गोल गर्दै चावहिललाई खेलमा फर्काए । त्यसको दुई मिनेट लगत्तै दोस्रो गोल गर्दै चावहिलले २-१ को जित सुनिश्चित गरेको हो । आजको दोस्रो खेलमा चितवन भेटेरान रातोलाई पराजित गर्दै कैलाली भेटेरानले सेमिफाइनलमा स्थान बनाएको छ ।

    निकै प्रतिस्पर्धात्मक खेलमा कैलालीले चितवन रातोलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरी तथा टाइब्रेकरमा पनि ४-४ को बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिइएको हो । फाइनल प्रवेशका लागि कैलालीले बुटवलको सामना गर्नेछ । बुटवलले आजै सम्पन्न खेलमा मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) आई एक्स भेटेरानलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । बुटवलले क्वाटरफाइनलमा मनाङलाई टाइब्रेकरमा ५-४ ले पराजित गर्‍यो ।

    त्यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । २७ औं मिनेटमा बुटवलले खेलमा अग्रता लिएको थियो । ४७ औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । प्रतियोगिता अन्तर्गत भोलि फाइनल प्रवेशका लागि खेलहरु हुनेछन् । पहिलो खेलमा दिउँसो २ बजे बुटवल र कैलाली तथा दोस्रो खेलमा दिउँसो ३:३० बजे कालभैरव हेटौंडा र चावहिल काठमाडौं भिड्नेछन् । फाइनल खेल शनिबार हुनेछ । चितवन भेटेरान क्लबले आयोजनामा जारी प्रतियोगिताको बिजेताले १ लाख ५१ हजार तथा उपबिजेताले ७५ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.