म्याग्दी । म्याग्दीमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा मालिका–३ का ६२ वर्षीय गोविन्द रोका रहेका छन् । उनको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए ।
मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जिप को बेनी नगरपालिका–४ फापरखेतमा सडकबाट म्याग्दी नदीमा खसेको थियो । दुर्घटनामा घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।








