काठमाडौँ । गायक कमल खनाल र गायिका अन्जु पन्तको स्वरमा ‘रुमाल’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक खनालकै रहेको छ । प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा पल शाह र गरिमा शर्मा फिचर्ड छन् । भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।








