चितबन । विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट वाच्न यतिबेला देश पुरै लकडाउन भएको छ ।
हुनेखानेहरु घरमै परिवारसँग बसेर दिनैपिच्छे मिठा–मिठा परिकारहरु खाँइरहेको बेला अरुको आशामा खाना कुरेर बसेका बाँदरहरुलाई आहारा नभएर आपत नपरोस् भनेर चितवनमा सकृय रहेका तिन रोटर्याक्ट क्लवहरुले देवघाटमा रहेका भोका बाँदरलाई खाना खुवाएका छन् । उनिहरुले १० केजी चामल, ५ केजी मकै, ३ केजी केराउ र ३ कार्टुन बिस्कुट खुवाएका छन् ।
वर्ष २०२०-२०२१ का जोनल रोटर्याक्ट प्रतिनिधि (जेडआरआर) निरज खनालको संयोजकत्वमा रोटर्याक्ट क्लव अफ चितवनका निर्वाचित अध्यक्ष रोशन खरेल, रोटर्याक्ट क्लव अफ भरतपुरका उपाध्यक्ष गोविन्द पराजुली र रोटर्याक्ट क्लव अफ नारायणगढ़का अध्यक्ष सन्तोष थापाको उपस्थितिमा देवघाट बजार क्षेत्र र बाँदरको घनत्व बढी भएको क्षेत्रहरुमा बाँदरलाई खानेकुरा खुवाइएको हो ।








