हेटौंडा । हेटौंडामा आजदेखि नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा हेटौंडा–४ हुप्रचौर खेलमैदानमा हुने प्रतियोगिता फागुन २२ गतेसम्म संचालन हुनेछ ।
आजबाट सुरु हुने प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ १३ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय नगदसहित पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।








