काठमाडौँ । नेपालका चार जना महिला फुटबलरले पाकिस्तामा फुटबल खेल्ने भएका छन् । राष्ट्रिय महिला लिगको बेस्ट प्लेअर सरु लिम्बुसहित गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा, डिफेण्डर गीता राना र फरवार्ड अनिता केसीले पाकिस्तानको महिला लिग खेल्ने भएका हुन् ।
उनीहरुले मासा युनाईटेड क्लबबाट फुटबल खेल्न लागेका हुन् । पहिलो पटक विदेशी लिग खेल्न पाउँदा उत्साहित भएको उनीहरुले प्रतिक्रिया जनाएका छन् । प्रतियोगिताका लागि उनीहरु बिहीबार त्यसतर्फ जाने छन् । उक्त महिला लिगको २०२१ को संस्करण आगामी मार्च ८ देखि अप्रिल ३ सम्म हुनेछ। प्रतियोगितामा २० टिम रहनेछन्।








