चितवन । बिशालचाेक, भोजाड, पदमपुर सडकखण्ड स्तरोन्नति कार्यले गति लिएको छ । केही समय अगाडि हल्कारो समाचारमा समाचार प्रकाशित भएपछि यसको प्रभावले सडक स्तरोन्नति कार्यले गति लिएको हो । भरतपुर महानगर र कालिका नगर जोड्ने यो सडक स्तरोन्नति गर्न बिगतमा दुबै नगरले चासो नदिने गरेको मा हलकारोबाट समाचार प्रकाशित भएपछि हाल भरतपुर महानगर र भौतिक पुर्वाधार विकास कार्यलय भरतपुरले गरि झन्डै ८२ लाख रुपैयाँ बराबरको बजेट बिनियोजन भएको छ।
भौतिक पुर्वाधार विकास कार्यालयले ४५ लाख रुपैया बिनियोजन गरि दुइ नगरको सिमानाबाट पिचको सट्टा ढलान गरि सडक बनाउनेछ भने महानरले भोजाड खण्ड तर्फबाट ३७ लाख बिनियोजन गरि ५ सय मिटर सडकमा ५ मिटर फराकिलो बनाउने गरि कालोपत्रे गर्नेगरि टेन्डरमा लगाइएको छ ।
भौतिक पुर्वाधार विकास कार्यालय बाग्मती प्रदेश कार्यालय भरतपुर कार्यालयका सिनियर डिभिजनल ईन्जिनियर पुस्कर प्रसाद पोखरेलका अनुसार आगामि असार मसान्तसम्ममा ढलान क्षेत्र सक्ने गरि काम अगाडि बढेको छ । भने महानगरद्वारा बिनियोजित ३७ लाखको बजेटमा पनि असार मसान्तभित्रै सक्ने गरि काम सुरु गरिसकेको र निर्माण कार्य धमाधम अगाडि बढिरहेको छ भने हाल बेस गिट्टी बिछ्याइ सकिएको महानगरका सिनियर डिभिजनल इन्जिनियर रत्न लामिछानेले बताएका छन् ।









