एजेन्सी। बलिउड गायिका श्रेया घोषाल आमा बन्दैछिन् । घोषालले सामाजिक सञ्जालमा आफू गर्भवती रहेको तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी हुन् । तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘श्रेया र आदित्यको सन्तान आउने क्रममा छ।
हामी यो खबर तपाईँहरुसँग साझा गर्न पाउँदा एकदमै हर्षित, उत्साहित छौँ। जीवनको नयाँ अध्यायको तयारी गरिरहेका हामीलाई तपाईँहरुको माया र आर्शिवादको खाँचो छ।’३६ वर्षिया श्रेयाले सन् २०१५ मा व्यवसायी शिलादित्य मुखोपाध्यायसँग विवाह गरेकी थिइन्।









