एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल चेल्सीसँग पराजित भएको छ । गएराति घरेलु मैदान एनफिल्डमा भएको खेलमा चेल्सीले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीलाई जित दिलाउन मासन माउन्टले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा कान्टेको पासलाई सदुपयोग गर्दै माउन्टले निर्णायक गोल गरेका हुन् । जितसंगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २७ खेलमा ४७ अंक जोडेको छ । लिभरपुल ४३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।








