सांकेतिक तस्विर
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-७ स्थित नेपाल-भारत सीमा क्षेत्रमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको पिलिभित थाना हजारा बुदान-४ का २६ बर्षीय गोविन्दा सिंह रहेका छन् ।
प्रहरीमाथि तस्कर समूहले गोली चलाएपछिको जवाफी कारवाहीमा घाइते भएको गोविन्दाको बेलौरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । भारतीय नगरिकले चलाएको गोली लागेर एक प्रहरी पनि घाइते भएका छन् ।
बिहीबार बेलुकी भारतबाट लागुऔषध ल्याइरहेको सूचनाको आधारमा गस्तीमा गएको प्रहरी टोलीमाथि भारतीय तस्कर समूहले गोली चलाएको र प्रहरीले पनि जवाफी कारवाही गर्नु परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएपी मुकेशकुमार सिंहले जानकारी दिए ।








