बकैया । पूर्वी मकवानपुरको बकैया–७ को भीरकोटमा आजबाट वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बकैया गाउँपालिका वडा नंबर ७ को खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा वडा भित्रको ९ वटा टिमको सहभागिता रहने प्रचार संयोजक राजकुमार तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश: १५ हजार र १० हजार रुपँया सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा नंबर ७ को खेलकुद विकास समितिले जनाएको छ । भीरकोटको जनक माविको खेल मैदानमा हुने प्रतियोगिताकोे फाईनल खेल फागुन २४ गते (सोमबार) हुनेछ । प्रतियोगितामा १ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।








