काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले एभर्टनमाथि सहज जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा ल्सीले एभर्टनलाई २-०ले पराजित गरेको हो । खेलको ३१औं मिनेटमा बिन गुडफ्रेले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता लिएको थियो ।
त्यसपछि ६५औं मिनेटमा जोर्गिन्होले पेनाल्टी गोल गरेसँगै चेल्सीले २-०को जित हात पार्न सफल भयो । जितसँगै चेल्सी २८ खेलमा ५० अंक जोडेर लिगको चौंथो स्थानमा उक्लिएको छ । पराजित एभर्टन भने ४६ अंक जोडेर सातौं स्थानमा छ ।








