फाइल फोटो
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोर दिनेश भट्टलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ। जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो ।
गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा भट्ट्को हत्या गरेको अभियोगमा फागुन ४ गते दिनेशलाई प्रहरीले पक्राउ गरेको थियो । उनले बयानका क्रममा आफूले पुरानो रिसिइबीका कारण हत्या गरेको स्वीकार गरेका थिए। बेपत्ता भएकी भट्टको माघ २२ गते घर नजिकैको जंगलमा शव फेला परेको थियो।








