काठमाडौं । चर्चित अमेरिकी पप गायिका सेलेना गोमेजले संगीत क्षेत्रबाट सन्यास लिने संकेत गरेकी छन् । भोग म्यागेजिनसँगको अन्तर्वार्ताका क्रममा गोमेजले यस्तो संकेत गरेकी हुन् । मंगलबार उक्त म्यागजिनसँगको अन्तर्वार्तामा गायन क्षेत्र आफ्नो लागि नभएको बताउँदै उनले भनिन्, ‘जब मानिसहरुले तपाइँलाई गम्भीर रुपमा लिँदैनन् तब संगीत गर्न गाह्रो हुन्छ।
मेरा जीवनमा त्यस्ता धेरै क्षण आएका छन् जतिबेला मैले संगीत किन गरिरहेको छु, के कारणले गरिरहेको छु भन्ने आफ्नै प्रश्नको सामना गरेको छु।’ उनले ‘लुज यू टु लभ मी’ आफूलाई सबैभन्दा धेरै मनपर्ने गीत भएकोसमेत बताइन् । उक्त गीत सन् २०२० मा रिलिज भएको थियो । उक्त गीत पूर्व प्रेमी जस्टिन बिबरसँगको ब्रेकअपमा आधारित भएको पनि बताइन्छ । तर, गोमेज यसलाई अस्विकार गर्छिन् । गोमेज लामो समय क्यानडाका चर्चित गायक बिबरसँग प्रेम सम्बन्धमा थिइन् ।
उनीहरुको ब्रेकअपपछि हाल जस्टिनले विवाह गरिसकेका छन्। गोमेज अविवाहित नै छिन् ।








