पत्रकार धम्क्याउन प्रयोग गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको फेसबुक चर्को बिरोधपछि बन्द गरिएको छ ।
अस्पतालको आधिकारिक फेसबुकमै दुई कर्मचारीे संगठनले पत्रकारलाई कारवाही गर्ने धम्की दिँदै निकालेको प्रेस विज्ञप्ती पोष्ट गरिएको थियो । अस्पतालको आधिकारिक फेसबुकमै त्यस्तो वक्तव्य पोष्ट गरिएपछि चर्को बिरोध गरिएको थियो ।जिल्लाका पत्रकारहरुले अस्पतालको आधिकारिक फेसबुकमा त्यस्तो विज्ञप्ती जारी गरिएको भन्दै बिरोध जनाएपछि आज फेसबुक नै बन्द गरिएको हो ।








