चितवन । आयुष आयुर्वेदा हस्पिटल प्रा.लि.को आयोजानमा एकदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । यहि चैत्र १ गते आइतबारको दिन बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म स्वास्थ्य शिविरको आयोजना गरिएको हो । स्वास्थ्य शिविर राष्ट्रिय आधारभुत विद्यालयको भवन भरतपुर –५ आनन्दपुरमा हुने हस्पिटलका संचालक अब्दुल रहमान मियाले जानकारी दिनुभयो । साथै स्वास्थ्य शिविरमा सबैजना उपस्थित भै स्वास्थ्य लाभ लिन समेत हस्पिटलले आग्रह गरेको छ ।
पछिल्लो समयमा मान्छेहरुको आयुर्वेद प्रती बिश्वास बढ्दै गएको देखिन्छ । धेरै प्रकारका जटिल रोगहरु समेत आयुर्वेदिक पद्धतिबाट निको भएको भन्दै यस विधि प्रती मान्छेहरु आकर्षित हुने थालेका हुन । यो विधि कम खर्चिलो र बिश्वाशिलो समेत बन्दै आएको छ ।
शिविरमा रोग देखा परेकाहरुलाई निःशुल्क उपचार गरिनुको साथै निःशुल्क औषधि वितरण र निःशुल्क रगत चेकजाचको समेत व्यवस्था गरिएको हस्पिटलका संचालक अब्दुल रहमान मियाले जानकारी दिनुभयो । विभिन्न प्रकारका रोग लागेका बिरामिहरुलाई स्वास्थ्य शिविरमा उपस्थित भैदिनु हुन र स्वास्थ्य लाभ लिन हस्पिटलले सम्पुर्णमा आग्रह समेत गरेको छ ।








