हेटौंडा । अस्पतालमा ड्युटीको समयमा अन्यत्र काम गर्ने र निजी मेडिकलमा गएर औषधि खरिद गर्न सिफारिस गर्ने हेटौंडा अस्पतालमा कार्यरत दुईजना डाक्टरहरु कारबाहीमा परेका छन् ।
करारमा कार्यरत जनरल सर्जन बिशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग बिशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई कारबही गरिएको हो । अस्पतालमा ड्युटीको समयमा अन्यत्र काम गर्ने र निजी मेडिकलमा गएर औषधि खरिद गर्न सिफारिस गर्ने डाक्टर अन्सारी र पाण्डेलाई सेवाबाट हटाईएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालको ड्युटी समयमा बाहिर निजी अस्पताल र मेडिकलमा काम गर्ने डाक्टर अन्सारी र बिरामीलाई औषधी खरिदका अस्पताल बाहिर रहेका मेडिकलमा सिफारिस गर्ने डाक्टर पाण्डेलाई सेवाबाट हटाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेलले जानकारी दिए ।
यसअघि पनि अस्पताल प्रशासनले डाक्टर अन्सारी र पाण्डेलाई पटक पटक सजग गराएपनि अटेर गरेकाले कार्वाही गर्नुपरेको अध्यक्ष पौडेल बताए ।








