काठमाडौं । सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सानोगौचरण युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।
सानोगौचरण र समाज कल्याणबीचको खेल अपरान्ह १२ः३० बजे सुरु हुनेछ । पहिलो खेलका लागि मैदान उत्रदा दुबै टिम जित निकाल्ने लक्ष्यमा हुने छन् । यस्तै अर्को खेलमा सामाजिक युवा क्लब र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ । सामाजिक र स्वयम्भुबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन् । आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।








