फाइल फोटो
झापा । झापामा बुधबार विहान हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन् । हात्तीले आक्रमण गर्दा इलामको माइ नगरपालिका–१० का विजय खाती र झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेका १९ बर्षिय मिलन कार्की डोली घाइते भएका छन् ।
विजय गम्भिर र मिलन सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । उनीहरुलाई बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ बिरिङ नजिक बिन्दुली बाँधमा हात्तीले आक्रमण गरेको र उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ ।








