चितवन । चितवन ट्राफिकले एक बृद्धाको बसमा छुटेको सुनसहित नगद भएको झोला फिर्ता गरेको छ । भरतपुरको चौविसकोठी स्थित सडक खण्डमा नारायणगढ बाट जगतपुर तर्फ जाँदै गरेको भाडा बसमा सवार जिल्ला तनहुँ रिसिङ राम्जाकोटकी ७३ बर्षीया सीतादेवी ढकालको झोला उनलाई बुझाएको हो ।
ट्राफिक प्रमुख दयाकृष्ण भट्टका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६ बिजयनगर बस्ने बृद्धा बस बाट झर्ने क्रममा झोला सहित झोलामा राखेको सुनका गरगहना लगायतका महत्वपूर्ण सामान छुटेको थियो ।
झोला छुटेको जानकारी पाउनासाथस कार्यालय बाट ट्राफिक प्रहरीको टोलिले ना३ख ७३६७ नं.को भाडा बस पत्ता लगाई छुटेको सामान (सुन– २ तोला, पैसा रु. १०३५/– , नागरिकता र बैंकका चेक) लगायत महत्वपुर्ण कागजजात बुझाईएको प्रमुख भट्टले जानकारी दिए ।








