फाइल फोटो
जनकपुर । सिटीइभिटीको परीक्षाको चिट बनाएर बेच्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विद्यार्थीहरुको सूचनाको आधारमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ भैरवचोकबाट फोटोकपी पसलेलाई पक्राउ गरेको हो ।
परीक्षामा अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा किताव र सोलुसनलाई सानो आकाशमा चिट बनाएर बेचेको फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनीहरुलाई तयार पारेका चिट र अन्य सामग्रीसहित नियन्त्रणमा लिएको र थप अनुसन्धान अघि बढाएको रानाभाटले जानकारी दिए ।








