काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७५० पुगेको छ । पछिल्लो २४ घण्टामा १२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७१ हजार ७३३ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १६ पुगेको छ । आज कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १००१ रहेको छ ।








