सप्तरी । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएका छन् । सोमबार राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक भएको दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका-४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछाडि सवार सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाका इनरुवाका १५ वर्षीय कौशल कुमार मण्डल गम्भीर घाइते भएका छन् । राजविराजबाट हनुमाननगरतर्फ जाँदै गर्दा विवेकले हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा विवेकको उपचारको क्रममा ज्यान गएको र कौशल गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । कौशलको टाउको र छातीमा चोट लागेको छ ।








