काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा मंगलबारबाट सुरु भएको त्रिदेसिय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा बंगलादेशले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानको २३ बर्ष मुनिको टिमलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बंगलादेशको जितमा आत्मघाती गोल निर्णायक बन्यो । किर्गिस्तानको कुमारवज उलु बैमानले आत्मघाती गोल गरेका हुन् । खेल पहिलो हाफको ३० औं मिनेटमा बंगलादेशका मोहमद साद उडिनको क्रस क्लियर गर्ने क्रममा उलु बैमानले आफ्नै पोस्टमा गोल गर्नपुेका थिए ।
खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच चुनिए । प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । नेपालले पहिलो खेल किर्गिस्तानसँग बिहीबार खेल्नेछ । यस्तै दोस्रो खेलमा नेपालले बंगलादेशको सामना गर्ने छ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।








