काठमाडौँ । इंग्लिस क्लब टोटेनहम हटस्परमा रहेका ग्यारेथ बेलले स्पेनिस क्लब रियल म्याड्रिड फर्कने इच्छा व्यक्त गरेका छन् । गत सिजनका लागि लोनमा टोटेनहम पुगेका बेलले सिजनको अन्त्यसँगै रियल फर्कने योजना रहेको बताएका हुन् ।
‘मेरो मुख्य योजना एक सिजन टोटेनहममा खेल्नु थियो । सिजनपछि नै म्याड्रिड फर्कने योजना छ’ उनले भने । ३१ वर्षीय बेलको रियलसँग सम्झौता २०२२ सम्म रहेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानको रोजाईमा पर्न नसकेका बेल गत सेप्टेम्बरमा टोटेनहम आएका थिए ।
उनले यो सिजन टोटेनहमका लागि २५ खेलमा १० गोल र ३ असिस्ट दिएका छन् ।








