नवलपुर । नवलपुरमा क्षयरोगका विरामी बढेका छन । चालू आर्थिक वर्षको सात महिना (साउन देखी माघ सम्म)मा नवलपुरमा १९ जना नयाँ क्षयरोगका विरामी थपिएका छन ।
विश्व क्षयरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यलय र दामिन फाउण्डेसनले देवचुलिमा आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा यस अघि जिल्लामा कुल २ सय २२ जना रहेकोमा हाल थपिएर २ सय ४१ पुगेको जानकारी गराए । जिल्लाको क्षयरोग सम्बन्धि क्षेत्रमा रहेर काम गरेका डिल्लीराम तिवारीले जिल्लामा क्षयरोग लागेकाको संख्या प्रत्येक वर्ष बढ्दो रहेको बताए ।
उनका अनुसार कावासोतीमा ५९ जना, मध्यविन्दुमा ४३ जना, देवचुलीमा ४२ जना, गैँडाकोटमा ३८ जना, विनयीत्रिवेणीमा २४ जना, हुप्सेकोटमा १९ जना, बुलिङ्टारमा १० जना र वौदीकालीमा ६ जना रहेका छन् । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये नवलपुर सबैभन्दा वढि संक्रमित रहेका जिल्ला मध्ये दोस्रो स्थानमा रहेको बताए । गण्डकी प्रदेशको कास्की र नवलपुरमा मात्र ४८ प्रतिशत क्षयरोगका विरामी रहेको बताए ।
संख्याको हिसावले गण्डकी प्रदेशमा १ हजार ९ सय ४१ जनामा क्षयरोग रहेको तथ्याङ्क प्रस्तुत गरेका थिए । चार प्रतिशत बालबालिकामा क्षयरोग देखिएको तथ्याङ्क उनले देखाइ । यस्तै अन्तरक्रिया कार्यक्रममा दामियन फाउन्डेशन नेपालका प्रवन्धक शालिकराम रिजालले करिब १ करोड ५० लाखको लागतमा क्षयरोगीका बिरामी राख्नका लागि डि आर होम स्थापना गरिएको जानकारी गराए ।
जिल्ला स्वास्थ्य कार्यलय नवलपुरका परिवार नियोजन सुपरिवेक्ष्यक बिरबहादुर श्रेष्ठले १५ देखि ५५ वर्ष उमेरका व्यक्तिहरुमा क्षयरोग लाग्ने बताए । उपचार पद्धतिका बारेमा उनले देशका ७७ जिल्लमा २ सय २४ क्षयरोग उपचार केन्द्र रहेको जनकारी दिए ।
गण्डकी प्रदेशको बन्दिपुरमा क्षयरोग उपचार केन्द्र रहेको बताए । गण्डकी प्रदेशको हकमा दैनिक करिब १ सय १५ क्षयरोगका विरामीहरु पहिचान गरिएको भए पनि अझै २८ वटा पहिचान हुन नसकेको बताए ।








