काठमाडौँ । युरोपको विश्वकप छनौटअन्तर्गत नेदरल्यान्ड्स पराजित भएको छ । गएराती सम्पन्न भएको खेलमा टर्कीले नेदरल्याण्डसलाई ४-२ गोल अन्तरले पराजित भएको छ ।
टर्कीको जितमा बुराक यिलमाजले ह्याट्रिक गरेका थिए भने हकान कलहानोगीउले एक गोल गरेका थिए । त्यस्तै नेदरल्याण्डसका लागि डाभी क्लासेन र लूक डे जंगले एक एक गोल गरेका थिए ।
गत विश्वकपमा समेत छनौट हुन नसकेको नेदरल्याण्डसले यस बर्षको छनौटमा पनि खराब शुरुवात गरेको छ । विश्व कप छनौटअन्तर्गत नेदरल्याण्डसले अब अर्को खेल लात्भियासँग मार्च २७ मा र गिब्रालटरसँग मार्च ३१ मा खेल्दै छन् ।








