सांकेतिक तस्विर
सर्लाही । सर्लाहीमा टाउको काटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । बिहीबार सर्लाहीको मलङ्गवा नगरपालिका–१० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको हो ।
टाउको जिउ भेटिएकोभन्दा करिब ६० मिटर टाढा दक्षिणमा भेटिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।








