बैतडी । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरण पक्राउ परेका दिनेश भट्टको डिएनए परीक्षण भागरथीको भजाइनल स्वाबसँग मेल खाएको छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका प्रहरी प्रवक्ता प्रदीप, प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भजाइनल स्वाबको डिएनए रिपोर्ट बुधबार प्राप्त भएको जानकारी दिएका छन। प्राप्त रिपोर्ट अनुसार दिनेशको डिएनए भागरथीसंग मेल खाएको बताए ।
प्रहरीले घटनामा भट्टको संलग्नता देखिएको भन्दै ४ फागुनमा उनलाई पक्राउ गरेको थियो । त्यसवेला उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकारेका थिए । उनलाई फागुन २६ मा जिल्ला अदालत बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृहमा राख्न आदेश दिएको छ।








