• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सेवा शुरु

  •   बिहिबार, चैत १२, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवन मेडिकल कलेज (सीएमसी) मा २५ लाख रुपैयांँमा कलेजो प्रत्यारोपण सेवा पाइने भएको छ । अंग प्रत्यारोपणको लागि महंगो मानिएको कलेजो प्रत्यारोपण देश बाहिर भन्दा कम शुल्कमा सेवा दिइने अस्पतालले जनाएको छ ।

    कलेजले २०७६ सालमा कलेजो प्रत्यारोपणको लागि लाईसेन्स प्राप्त गरेपनि राजधानी बाहिर पहिलो पटक आइतवारबाट कलेजो प्रत्यारोपण गरेको हो । आज कलेजले अस्पतालमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ । ‘भारत लगायतका अस्पतालमा यस उपचारको लागि ५० लाख भारु भन्दा माथि छ । हामीले २५ लाख रुपैयांँमा सेवा दिनेछौं ।’ अस्पतालका निर्देशक डा. हरिश न्यौपानेले भने । चितवन देशकै केन्द्र भएको र कलेजो प्रत्यारोपणको लागि बाहिर लाखौ रकम गएको भन्दै उनले सेवाग्राहीलाई सस्तो र सहज सेवा दिने उद्धेश्यले कलेजले कलेजो प्रत्यारोपणको सेवा शुरु गरेको न्यौपानेले बताए ।

    चैत ८ गते आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १० की ५४ वर्षीया धनकुमारी लामाको सफल कलेजो प्रत्यारोपण गरिएको अस्पताल निर्देशक डा. हरिशचन्द्र न्यौपानेले जानकारी दिए । लामालाई उनकी छोरी ३४ वर्षीया उषा तामाङले कलेजो दान गरेको न्यौपानेले बताए । तामाङको छोरीको शरीरमा कुनै असर नपर्ने आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको उनले बताए ।उनीहरुको अवस्था सामान्य रहेको छ । यस अघि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र र काठमाडौंस्थित शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण गराउदै आएको छ ।

    लामाले एक वर्षदेखि काठमाडौंमा कलेजो सम्बन्धी नियमित जाँच गराउदै आएकी थिइन् । क्रोनिक लिभर डिजिज को कारण कलेको प्रत्यारोपण गर्नुपर्ने भएकोले वीर अस्पतालका डा अजित खनालको सल्लाह अनुसार लामा कलेजो प्रत्यारोपणका लागि चितवन मेडिकल कलेज आएकी हुन् । लगातार १२ घण्टा लगाएर कलेजका विशेषज्ञ डा सन्जय यादव, डा एकानन्द सिंह, डा प्रविण जोशी, डा जयन्तकुमार साह, डा अभिषेक भट्टराईसहितको टोलीले शल्यक्रिया गरेको डा न्यौपानेले जानकारी दिए ।

    पछिल्लो समय कलेजोको विरामी बढ्दै गएको र केही बिरामीको प्रत्यारोपणको विकल्प नरहेकाले पनि प्रत्यारोपण शुरु गरिएको डा न्यौपानेको भनाई छ । ‘दिनमा कलेजो समस्या भएका २०, देखि ३० जना बिरामी आउंँछन । त्यसमा दुई देखि तीनजनाको प्रत्यारोपण गर्नै पर्ने हुन्छ ।’ उनले भने । कलेजमा गरिएको प्रत्यारोपण नेपालमा नै गरिएको आठौं सफल कलेजो प्रत्यारोपण हो । यसअघि भक्तपुरमा दुई र काठमाडौंमा पांँच जनाको सफल प्रत्यारोपण भएको थियो ।अस्पतालका निर्देशक डा न्यौपानेले कलेजलाई नेपालकै कलेजो प्रत्यारोपण केन्द्रको रुपमा स्थापित गर्ने योजना रहेको बताए ।

    सुरुवाती केही प्रत्यारोपण नेपाल बाहिरका चिकित्सकहरुको सहयोगमा सेवा दिइने र त्यसपछि भने कलेजकै चिकित्सकहरुबाट शल्यक्रिया गरिने उनले बताए । अस्पतालले कलेजो प्रत्यारोपण उपचार अत्यन्त संवेदनशी ल हुने भएकाले यसका लागि अलग्गै २ वटा अपरेशन थेटर , आइसियु को व्यवस्था गरेको छ । कलेजो विशेषज्ञ डा सञ्जय यादवले नेपालमा वर्षेनी करीब एक हजार जनाको कलेजो बिग्रिने र उपचारको अभावमा कैयौं ज्यान जाने गरेको भन्दै यसमा बढीभन्दा बढी जनचेतना आवश्यक रहेको बताए ।

    ‘ कलेजो बिरामी मध्ये औसत ६० जना प्रत्यारोपणका लागि विदेश जाने गर्छन । उनीहरुलाई बिदेशबाट रोक्न र स्वदेशमै सफल उपचार हुन्छ भन्ने सन्देश जान जरुरी छ ।’ उनले भने । उनका अनुसार १८ देखि ५० वर्ष उमेर समूहकाले कलेजो दान गर्न सक्नेछन । दाताको ६० देखि ६५ प्रतिशत कलेजो निकालेर दान गर्न सकिनेछ । कलेजो प्रत्यारोपण को सरकारी नीति र प्रक्रिया सहज भएमा कलेजो प्रत्यारोपण गर्ने , गराउने सबैले सहज सेवा पाउने डा न्यौपानेको भनाई छ । सरकारले अन्य अंग प्रत्यारोपणको लागि उपचार छुट र सहज गरेसंँगै कलेजो प्रत्यारोपणको लागि प्र्रभावकारी नीति ल्याउनु पर्ने उनको धारणा थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.