चितवन । नेपाल मौरी पालक महासंघले १५ औं मह दिवसको अवसरमा शुक्रवार अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकाश समितिका पूर्व सभापति कृष्णलाल सापकोटाले महको महत्व दर्साउदै मौरी पालनलाई अझै व्यवस्थित गर्न कृषकहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताए ।
उनले बालीमा प्रयोग गरिने विषादी मानवमैत्री मात्र नभइ मौरीमैत्री समेत हुनुपर्ने र त्यसका लागि राज्यले ध्यान दिनु पर्ने बताए । कार्यक्रममा महासंघका पूर्व अध्यक्ष रामप्रसाद पौडेल, प्रदेश सांसद कृष्ण भुर्तेल,कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मौरी जोनका माधव पौडेल,पूर्व अध्यक्ष खेमराज न्यौपाने,केन्दीय सदस्य प्रल्हाद अर्याल, चितवनका अध्यक्ष रोशन पण्डित लगायतले मन्तव्य राखेका थिए ।
श्रीराम जानकी बालिका आश्रम देवघाटमा आयोजित कार्यक्रम महासंघका केन्द्रीय अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको थियो ।








