सांकेतिक तस्विर
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका एकजना वडाध्यक्षको घाटीमा हड्डी अड्केर निधन भएको छ । मृत्यु हुनेमा भिमदत्त ५ का वडाध्यक्ष मदन चन्द रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष चन्दको घाँटीमा मासु खाँदा हड्डी अड्किएर एक्कासी बेहोस भएकोमा शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा निधन भएको हो ।
घाटीमा मासु अड्केर बेहोस भएपछि उहाँलाई एम्बुलेन्सबाट महाकाली अस्पताल ल्याइएको र उनको उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताएका छन। उनको शव महाकाली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।








